Custom Search
Free Image Hosting

Thursday, July 31, 2008

युरोमा कीर्तिमानी नाफा

युरो २००८ फुटबल च्याम्पियनसिपले कीर्तिमानी २५ करोड युरो (३९.२ करोड अमेरिकी डलर) बराबरको नाफा भएको युरोपेली फुटबलको सर्वोच्च अंग युइएफएले जनाएको छ।अस्टि्रया र स्विट्जरल्यान्डले संयुक्त आयोजना गरेको युरो २००८ का लागि करिब १ अर्ब ३० करोड युरो लगानी भएको थियो। युरो २००८ का अध्यक्ष मार्टिन केलरले अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट युरो आयोजना गर्न चाहेको र सो लक्ष्य हासिल भएको बताउनुभयो।उहाँका अनुसार नाफा भएका सबै रकमहरू जुनियर खेलाडी र महिलाका साथ साथै प्रशिक्षक र रेपीहरूको प्रशिक्षण कार्यमा पुनः लगानी गरिनेछ।युरोपेली फुटबलको महान् महोत्सव आयोजना गर्न जम्मा ६० करोड युरोको लगानी आवश्यक हुँदा पछिल्लो पटक युरो २००४ पोर्चुगलमा सम्पन्न हुँदा २२ करोड ३० लाख युरो नाफा भएको थियो।

0 comments: