Custom Search
Free Image Hosting

Thursday, July 31, 2008

नेपाल समूह विजेता

नेपाल एसिसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको समूह 'बी'को विजेता भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार मलेसियाको सेलङ्गर टर्फ क्लबमा भएको खेलमा कुवेतलाई सात विकेटले पराजित गरेपछि नेपाल समूह 'बी'को विजेता भएको हो । नेपालले समूह 'बी'का चार खेलको नतिजा शतप्रतिशत आप\mनो पक्षमा पार्‍यो र आठ अंकका साथ समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्न सफल भयो । यद्यपि, कुवेतसँगको खेलअघि नै नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको थियो । समूह विजेता भएको नेपालले शुक्रबार साविक विजेता युएईसँग खेल्नेछ । युएई समूह 'बी'को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । समूह 'बी'को उपविजेता हङकङले सोही दिन समूह 'ए'को विजेता अफगानिस्तानविरुद्ध खेल्नेछ । शक्ति गौचन र मेहबुब आलमले घातक बलिङ गरेपछि नेपालले समूहको अन्तिम खेलमा शानदार जित हासिल गरेको हो । बुधबारको खेलमा टस जितेको कुवेतले पहिले ब्याटिङ गर्दै ३८ ओभर एक बलमा सम्पूर्ण विकेटको क्षतिमा एक सय तीन रनको योगफल तयार गरेको थियो । प्रत्युत्तरमा नेपालले २९ ओभरमै विजयी एक सय चार रनको लक्ष्य पूरा गर्‍यो । सो लक्ष्य तयार गर्ने क्रममा नेपालले मात्र तीन विकेट गुमाएको थियो । टोलीको जितमा अविजित रहेका शरद भेषवाकर -२८) र पारस खड्का -२६) ले उल्लेखनीय योगदान दिए । यसबाहेक प्रारम्भिक ब्याट्सम्यानका रूपमा आएका कनिष्क चौगाईंले १९ र मेहबुब आलमले ६ रन जोडेका थिए । दुवै ब्याट्सम्यान मोहम्मद जाभेदबाट एलबिडब्लू भएका थिए । अर्का ब्याट्सम्यान दीपेन्द्र चौधरी -३) लाई पनि उनै मोहम्मदले बोल्ड गरेका थिए । यसअघि, कुवेतका मोहम्मद मुराद -१९), साउद कमार -१८) र हिसाम मिर्जा -१६) ले मात्र टोलीका लागि तुलनात्मक राम्रो खेले । कुवेतका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न नदिने क्रममा मेहबुब आलम र शक्ति गौचनले तीन/तीन विकेट लिएका थिए । म्यान अफ द म्याच आलमले दस ओभरमा एक मेडन राखेर ३४ रन खर्चंदै तथा गौचनले आठ ओभरमा चार मेडन राखेर पाँच रन खर्चंदै सो विकेट लिएका हुन् । यसैगरी, कप्तान विनोद दासले दुई तथा पारस खड्का र राजकुमार प्रधानले एक/एक विकेट लिएका थिए ।

0 comments: