Custom Search
Free Image Hosting

Saturday, August 2, 2008

च्यालेन्ज कपबाट नेपाल बाहिरियो

बलियो टोली उत्तरकोरियाबाट १-० गोलअन्तरले पराजित भएपछि एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । नेपालको सो पराजयपछि समूह 'बी'को अर्को टोली श्रीलंका पनि प्रतियोगिताबाट बाहिरियो । विजेता उत्तरकोरिया र म्यान्मार भने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । म्यान्मारले शनिबार भएको पहिलो खेलमा श्रीलंकालाई ३-१ गोलअन्तरले हराएको थियो । गत बिहीबार पहिलो खेलमा म्यान्मारसँग भोगेको पराजयलाई बिर्संदै हैदरावादको गाचीबोली रंगशालामा शनिबार बलियो टोली उत्तरकोरियालाई नेपालले कडा चुनौती भने दिएको थियो । पहिलो खेलभन्दा निकै आक्रामक र उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले खेललाई बराबरीमा रोक्न गरेको प्रयास सफल भने भएन । पहिलो खेलका सात खेलाडीलाई बेन्चमै राखी मैदानमा उत्रेको नेपाल उत्तरकोरियासामु चुनौतीका रूपमा प्रस्तुत भए पनि खेलको ३९औं मिनेटमा सोङ चोललाई रोक्न नसक्दा टोली प्रतियोगिताबाट बाहिरिएको हो । राकेश श्रेष्ठको गल्तीमा जोङ मिन हुले दिएको पासमा सोङ चोलले सो गोल गरेका थिए । खेलको ३४औं मिनेटमा पाएको पिmकिकलाई लोकबन्धु गुरुङले सशक्त प्रहार गरे पनि कोरियाली गोलरक्षकले जोगाएका थिए । त्यसको एक मिनेटपछि राकेश श्रेष्ठले गरेको पिmकिक प्रहारलाई पनि कोरियाली गोलरक्षक क्वान मिनले ड्राइभ गर्दै जोगाएका थिए । खेल दौरान जुमानु राई र युगलकिशोर राईले पहेंलो कार्ड पाएका थिए ।

0 comments: