Custom Search
Free Image Hosting

Wednesday, August 13, 2008

ब्राजिल समूह 'ई' मा अविजित रही नौ अंकका साथ क्वार्टरफाइनलमा

थिआगो नेभेसले गरेको दुई गोलको मद्दतमा ब्राजिलले आयोजक चीनलाई ३-० गोलअन्तरले पराजित गरेको छ । बेइजिङ ओलम्पिक खेलकुदअन्तर्गत बुधबार भएको समूह चरणको खेलमा ब्राजिलले सो जित हासिल गरेको हो । सो जितसँगै ब्राजिल समूह 'ई' मा अविजित रही नौ अंकका साथ क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । यद्यपि, बुधबारको खेलअघि नै टोली क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो । पराजित चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । ब्राजिलले अब शनिबार सेन्याङमा हुने क्वार्टरफाइनलमा क्यामरुनको सामना गर्नेछ । सो समूहबाट बेल्जियम पनि क्वार्टरफाइनल प्रवेश गरेको छ । बेल्जियमले न्युजिल्यान्डलाई १-० ले पराजित गरेको थियो । बेल्जियमले शनिबार नै हुने अर्को खेलमा इटालीको सामना गर्नेछ । यसैगरी, अर्को खेलमा अर्जेन्टिनाले सर्बियालाई २-० गोलअन्तरले हरायो र समूह 'ए' मा नौ अंकसहित शीर्ष स्थानमा रह्यो । सोही समूहको अर्को खेलमा आइभोरी कोस्टले अस्ट्रेलियालाई १-० ले हरायो ।

0 comments: